नियम ३०
आयोजनाको जा“चपास तथा फरफारक
(१) ऐनको दफा १२३ को प्रयोजनको लागि
नगरपालिकाले आप्mनो क्षेत्रभित्र सञ्चालन गरेको विकास निर्माण सम्बन्धी
आयोजनाको जा“चपास गराउ“दा त्यस्तो आयोजना सम्पन्न भएको जानकारी प्राप्त
भएको एक महिनाभित्र सो आयोजनाको काम निर्धारित नक्सा, डिजाइन तथा
स्पेशिफिकेशन बमोजिम गुणस्तर युक्त भए वा नभएको जा“चबुझ गर्न प्राविधिक
खटाउनेछ । त्यसरी प्राविधिक खटाउ“दा कामको सुपरीवेक्षण गर्ने भन्दा एक तह
माथिको प्राविधिक खटाउनु पर्नेछ । नगरपालिकामा यस्तो प्राविधिक रहेनछ भने नियम
१३९ बमोजिम परामर्शदाता नियुक्त गर्न सकिनेछ । यस्तो परामर्शदातालाई देहाय
बमोजिम पारिश्रमिक दिन सकिनेछ ः–
(क) पचासलाख रुपैया“सम्म लागत अनुमान भएको निर्माण कार्यमा
पा“चहजार रुपैया“सम्म,
(ख) एककरोड रुपैया“सम्म लागत अनुमान भएको निर्माण कार्यमा दशहजार
रुपैया“सम्म,
(ग) दशकरोड रुपैया“सम्म लागत अनुमान भएको निर्माण कार्यमा तीसहजार
रुपैया“सम्म,
(घ) दशकरोड रुपैया“भन्दा माथिको लागत अनुमान भएको निर्माण कार्यमा
चालीसहजार रुपैया“सम्म ।
(२) आयोजनाको जा“चपास तथा फरफारक सम्बन्धी अन्य कुरा स्थानीय स्वायत्त
शासन नियमावली, २०५६ बमोजिम हुनेछ ।